२५ जेष्ठ २०८३, सोमबार

माओवादी केन्द्रका तीन आयोगको संयुक्त परामर्श बैठक सुरू

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आजदेखि पेरिसडाँडामा सुरु भएको छ ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि विभिन्न तहका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु भएको हो । बैठकमा केन्द्रीय पदाधिकारीसहित तीनवटै आयोगका प्रमुख र सदस्यहरु सहभागिता हुनुहुन्छ ।

अहिलेसम्म माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेर सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको रायसुझाव लिनु हुने कार्यतालिका रहेको छ ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्नेछ ।