
काठमाडौं, १७ भदौ । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरूवा गरिएको छ ।
गृह मन्त्रालयले कृष्णहरि शर्मा पोखरेल, भरतबहादुर बोहरा र किरण राणाको काज सरूवा भएको हो । पोखरेललाई बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीसहित सरुवा गरिएको छ। यसअघि उहाँ काडमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत हुनुहुन्थ्यो ।
यस्तै बोहरालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सरूवा गरिएको हो भने राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखको जिम्मेवारी दिइएको छ ।








प्रतिक्रिया