१९ असार २०८३, शुक्रबार

नाडा अटो शोमा एमएडब्लुको एक हजार सवारी बुकिङ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा एक हजारभन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनहरूको बुकिङ गर्न सफल छ । यो प्रभावशाली उपलब्धिले एमएडब्लु समूहले ग्राहकहरुमा जगाएको विश्वास र विश्वसनीयता भएको कम्पनीले जनाएको छ ।

नेपाली अटोमोटिभ उद्योगमा परिचित नामले प्रस्तुत एमएडब्लु समूह, विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्राण्डहरुको विस्तार गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

यसवर्षको नाडा अटो शोमा समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइनअप प्रदर्शनमा राखेको थियो । एमएडब्लुले राखेको हरेक स्टलमा दर्शकहरुको सहभागिता, बाक्लो रहेको थियो ।

एमएडब्लु समूहका निर्देशक विष्णु अग्रवालले नाडा अटो शोप्रति कृतज्ञता र उत्साह व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नाडा अटो शोमा हाम्रो गाडीहरुप्रति ग्राहकहरुले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौँ । हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षाहरूलाई पूरा गरेको छ । यो उपलब्धि हाम्रो टोलीको कडा परिश्रम र समर्पणका साथै हाम्रा मूल्यवान ग्राहकहरूको विश्वास र समर्थनको प्रमाण हो ।”

एमएडब्लु वृद्धि समूहका प्रबन्ध निर्देशक विवेक सिकरियाले पनि एमएडब्लु वृद्धिले प्रतिनिधित्व गर्ने ब्रान्डहरूमा ग्राहकहरूको विश्वासका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

एमएडब्लु समूह गुणस्तर, रियालबल तथा इन्नोभेटिभ सवारी साधनहरू प्रदान गरी नेपाली बजारको विकासशील आवश्यकताहरू पूरा गर्न समर्पित छ ।