
पोखरा, १७ भदौ । गण्डकी सरकारमा नवनियुक्त नेकपा (एमाले) का चारजना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
एमालेका पद्यमा जिसी, मित्रलाल बस्याल, कृष्ण पाठक र प्रकाश केसीले मन्त्रीको शपथ लिनु भएको हो । उहाँहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराउनु भयो ।
एमालेका जिसीले कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, बस्यालले उद्योग तथा पर्यटन, पाठकले स्वास्थ्य र केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय पाउनु भएको छ ।








प्रतिक्रिया