
काठमाडौं, १७ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलले शानदार जित दर्ता गरेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा १ गोल थपेको थियो । लिभरपुलका लागि लुइस डियाजले २ गोल गर्दा मोहमद सलाहले एक गोल थपेका थिए ।
खेलको पहिलो हाफमा लुइस डियाजले दुई गोल गर्दै लिभरपुललाई बलियो स्थितिमा पुर्याएका थिए । डियाजले खेलको ३५औं र ४२औं मिनेटमा गोल गरेका थिए, जसमा मोहम्मद सलाहले दुवै पटक असिस्ट गरेका थिए ।
खेलको ५६औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता ३–० बनाएका थिए । यो जितसँगै लिभरपुलले लिगमा लगातार तीन खेल जित्दै क्लिन सिट राखेको छ । म्यानचेस्टर युनाइटेड भने लगातार दोस्रो हार व्यहोर्न बाध्य बन्यो ।









प्रतिक्रिया