
काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
सोमबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा युरो र बेलायती पाउण्डको विदेशी विनिमय दर घटेको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा पुगेको छ ।
यसैगरी, युरो एककोखरिद दर १४७ रुपैयाँ ९१ पैसा र बिक्री दर १४८ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया