३० जेष्ठ २०८३, शनिबार

स्थानीय तहबाट सहकारीको विवरण उपलब्ध गराउन पाँचदिन समय थप

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । सहकारी रकम दुरूपयोग सम्बन्धी छानबिन गर्न गठित सहकारी छानबिन समितिले देशभरका स्थानीय तहबाट विवरण उपलब्ध गराउन थप पाँच दिन समय दिने निर्णय गरेको छ ।

आज बसेको समितिको ४९औँ बैठकले देशका ७५३ वटै स्थानीय तथा सातै प्रदेशका अधिकारीहरूलाई यसअघि माग गरिएको विवरण अनलाइन फाराम भरेर पाँच दिनभित्र उपलब्ध गराउन पुनः समय दिने निर्णय गरेको समिति सभापति सूर्य थापाले जानकारी दिनु भएको हो ।

समितिलेले आज संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयको नेतृत्वसँग आकस्मिक रूपमा छलफल र अन्तरक्रिया गरेको उहाँले बताउनुभयो । छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, मन्त्रालयका सचिव भरतमणि सुवेदी, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलनिधि देवकोट र नगरपालिका संघका उपाध्यक्ष एवम् प्रवक्ता पुरूषोत्तम कार्की उपस्थित हुनुहुन्थ्यो ।

पाँच दिनपछि प्राप्त हुने विवरण प्रतिवेदनमा समेट्न नसकिने र माग गरिएको विवरण नपठाउने सरकारी अधिकारीलाई कानून बमोजिम जिम्मेवार ठहर्‍याउने निर्णय पनि बैठकले गरेको सभापति थापाले जानकारी दिनुभयो । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको नेतृत्वलाई उक्त कार्यमा अत्यावश्यक सहजीकरण र समन्वय गरेर सहयोग पुर्‍याउन पनि निर्देशन गरिएको छ ।