२३ जेष्ठ २०८३, शनिबार

सनरुफ भएको टाटा पन्च इभीको बुकिङ ४६८ युनिट

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले यसवर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको बुकिङ्ग उत्साहजनक रहेको छ ।

नाडाको पाँचौ दिनसम्म ४६८ युनिट बुकिङ भइसकेको छ भने नाडाको अन्तिम दिनसम्म ५०० युनिट पुग्ने अपेक्षा गरिएको छ ।

यसवर्षको नाडामा उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको साथ र समर्थन पाएको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताउनुभयो ।

टाटा पन्चको सुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । यस सुरुवाती भेरिएन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन सक्नेछन् । हाल सार्वजनिक मूल्य नाडासम्मका लागि मात्र रहेको र पछि मूल्य बढ्ने कम्पनीले जनाएको छ । साथै, नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा पनि गरेको छ ।