२१ असार २०८३, आइतबार

मिटरब्याज पीडितहरुका समस्या चाँडो समाधान गरौं : ठाकुर गैरे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेल मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गर्नु भएको छ ।

आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले पीडितहरुको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको भएपनि अहिलेसम्म समाधान हुन नसकेको उल्लेख गर्नु भएको हो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभामा मिटरब्याज पीडितहरुका समस्याहरुको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, क्रियाअन्र्तक्रिया, त्यसका लागी थुप्रै समितिहरु निर्माण देखि लिएर एउटा प्रक्रियामा हामी गयौं । तर पनि समस्या चाँही बिभिन्न रुपले यथावत छ ।’

साथै उहाँले मिटरब्याज पीडितहरुको समस्या चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभयो । जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यक्ता रहेको उहाँको भनाई छ ।

यस्तै उहाँले बैंकिङ कसुरमा कारवाहीमा परेका व्यक्तिहरुले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘चेक अनादर हुँदा अर्थात बैंकिङ कसुर सम्बन्धि घटना भैइसके पछित्यो अवस्थामा एउटा व्यक्तीको चेक अनादर भयो अर्थात बैंकिङ कसुर प्रकृयामा गयो अर्थात पृष्टि भयो भने त्यसपछि पनि ति व्यक्तिहरुले अर्को बैंकबाट र अरु ठाउँबाट ऋण लिन पाइ राख्ने त्यसको चाँही कारोवार गर्न पाइराख्ने अहिलेको विद्यमान जुन स्थिती छ त्यसमा हामीले टाइट हुनुपर्यो ।’