
काठमाडौं, १६ भदौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आइतबार सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया