२२ जेष्ठ २०८३, शुक्रबार

राहुल द्रविडका छोरा समित भारतको यू-१९ टिममा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । भारतीय टोलीका पूर्वप्रशिक्षक राहुल द्रविडका छोरा समित द्रविड भारतीय अन्डर १९ टोलीमा छनोट भएका छन् । उनी अष्ट्रेलियाविरुद्धको घरेलु सिरिजका लागि छनोट भएका हुन् ।

शनिबार बिहान भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को छनोट समितिले एक दिवसीय र चार दिवसीय टोलीको घोषणा गरेको हो ।

उत्तर प्रदेशका मोहम्मद अमानलाई एक दिवसीय टोलीको कप्तानी दिइएको छ भने मध्य प्रदेशका सोहम पटवर्धनलाई ४ दिने सिरिजमा भारतीय टोलीको कप्तानी दिइएको छ । यो सिरिज २१ सेप्टेम्बरबाट सुरु हुनेछ । जसमा ३ एक दिवसीय खेल पुडुचेरीमा र २ चार दिवसीय खेल चेन्नईमा हुनेछन् ।

दुवै टोलीमा समित द्रविडलाई मौका दिइएको छ । १८ वर्षका फास्ट बलिङ अलराउन्डर समित कर्नाटकको महाराजा ट्रफीमा मैसूर वारियर्सबाट खेलिरहेका छन्, यद्यपि उनको प्रदर्शन खासै रहेन । उनले ७ इनिङ्समा ८२ रन मात्र बनाउन सके । जबकि उनले एकपटक पनि बलिङ गरेका छैनन् । तर, यसअघि उनले कुचबिहार ट्रफीमा ३६२ रन बनाएर १६ विकेट लिएर कर्नाटकलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।