२३ जेष्ठ २०८३, शनिबार

नाडा अटो शोमा स्काईवेल गाडीको क्रेज, ७५ वटा गाडी बुक

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । काठमाडौंमा जारी नाडा अटो शोमा चिनियाँ इलेक्ट्रिक गाडी निर्माता स्काईवेलप्रति क्रेज देखिएको छ ।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार अटो शोको समाप्तिसम्म १०० भन्दा बढी गाडी बुक हुने अपेक्षा गरिएको छ । उहाँले आजसम्म ७५ वटा गाडी बुक भइसकेको दैनिक नेपाललाई जानकारी दिनुभयो । आज एकैदिन थप ३५ वटा गाडी बुक भएको छ । हिजोसम्म ४० वटा बुक भएको थियो । यो तथ्यांकले स्काईवेलप्रति नेपाली ग्राहकहरूको बढ्दो आकर्षणलाई प्रतिबिम्बित गरेको छ ।

विश्वका ६५ देशमा बिक्री हुने यो गाडी चीनमा निर्मित सबैभन्दा लामो रेन्ज दिने गाडीको रूपमा चिनिन्छ । नेपालमा स्काईवेलको आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले जारी नाडा अटो शो २०२४ मा दुई नयाँ भेरियन्ट लञ्च गरेको छ । यी नयाँ मोडेलहरूमा बिइ-११ का ४१० किलोमिटर र ५२० किलोमिटर रेन्जका गाडीहरू समावेश छन् । यसअघि नै नेपाली बजारमा ल्याइएको स्काईवेल इटी-५ मोडेलले ६२० किलोमिटरको रेन्ज प्रदान गर्दछ, जसले यसलाई लामो दूरीको यात्राका लागि उपयुक्त विकल्प बनाउँछ ।

स्काईवेल गाडीहरूले विशेष गरी उच्च प्रोफाइल भएका व्यक्तिहरूको ध्यान आकर्षित गरेको छ । यसको कारण स्पष्ट छ कि यी गाडीहरू लामो दूरीको यात्राका लागि अत्यन्त उपयुक्त छन् । बोल्ड लुक्स प्रदान गर्दछन् र लामो यात्रा गर्नेहरूका लागि लक्जरी तथा प्रिमियम अनुभव प्रदान गर्दछन् । यसका साथै, अफरोड एडभेन्चर मन पराउने र पूर्ण इलेक्ट्रिक एसयूभीको डिजाइन रुचाउने ग्राहकहरूले पनि स्काईवेल गाडीहरूलाई विशेष रूपमा मन पराएका छन् ।

स्काईवेल बिइ-११ मोडेलमा एक अद्वितीय विशेषता छ, जस्तो यसमा सिल्पिङ बेडको व्यवस्था गरिएको छ । यसको अर्थ हो, अफरोड यात्रामा परिवारसँग टाढा घुम्न जाँदा पनि गाडीमै आरामदायी ढंगले सुत्न सकिन्छ । यो विशेषताले स्काईवेललाई अफरोड एडभेन्चर प्रेमीहरूका लागि आकर्षक विकल्प बनाएको छ ।

प्राविधिक पक्षमा स्काईवेल गाडीहरूमा ३०० मिटरसम्म उज्यालो प्रदान गर्ने शक्तिशाली हेडलाइट्स जडान गरिएका छन् । १५० किलोवाटको मोटर जुन १५०० सिसीको पारम्परिक इन्जिन बराबर शक्तिशाली छ ।

नेपालमा आइपुग्ने स्काईवेल गाडीहरू युरोप, युके र अष्ट्रेलियाका लागि निर्मित मापदण्ड अनुरूप छन् । यसले नेपाली ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र सुरक्षा मापदण्ड भएका गाडीहरू प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।

नाडा अटो शोमा स्काईवेल गाडीहरूको यो उल्लेखनीय प्रदर्शनले नेपालमा इलेक्ट्रिक गाडीहरूको बढ्दो मागलाई प्रतिबिम्बित गरेको देखिन्छ ।