७ असार २०८३, आइतबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

शनिबार अमेरिकी डलर, युरो र बेलायती पाउण्डको विदेशी विनिमय दर घटेको छ । कतारी रियालको खरिददर घट्दा बिक्रीदर भने स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।