२५ जेष्ठ २०८३, सोमबार

टुँडिखेलमा प्रधानमन्त्रीसहित नेताहरूविरूद्व नाराबाजी गर्ने तीनजना धरौटीमा रिहा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । भदौ १० गते गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नेताहरूविरूद्व नाराबाजी गरेपछि पक्राउ पर्नुभएका तीनजना रिहा हुनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई र बुधबार दीपकसिं‌ह ठगुन्नालाई ९/९ हजार धरौटीमा रिहा गरेको हो ।

सार्वजनिक शान्तिविरूद्धको कसुर गरेको भन्दै उहाँहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।