
पोखरा, १४ भदौ । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको दोश्रो बैठक पोखरामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै महासचिब शंकर पोखरेलले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत भएको बताउनु भयो।
एमालेका नेता कार्यकर्ता अराजनीतिक हुन नसक्ने भन्दै एमालेले अन्य शक्तिहरूलाई पनि सुधारको बाटोमा अगाडी बढाउन भूमिका खेल्ने बताउनुभयो । जनयुद्धका नाममा एमालेसहितका अन्य दलका कार्यकर्ता समेत मारिएको स्मरण गर्दै पोखरेलले हिँसालाइ शान्तिमा बदल्न एमालेले नै सबैभन्दा बढी भूमिका खेलेको बताउनुभयो ।
नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले पार्टी र जनतालाई जोड्ने प्रतिफलमुखी कार्यक्रम अबको आबश्यकता भएको भन्दै देशमा बिकासको खाका कोर्दै प्रतिफलमा केन्द्रीत भएको बताउनुभयो । गण्डकी प्रदेश कमिटी निबर्तमान इन्चार्ज केन्द्रीय कमिटी सचिव गोकर्ण बिष्टले अत्यन्त जटिल अबस्थामा नेकपा एमालेले सरकारको नेतृत्व लिएको र यो चुनौतीलाई अबशरमा बदलेर देशमा पूर्ण आशाको संचार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश कमिटी इन्चार्ज तथा स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेको कार्यक्षेत्र जनताको चाहना भएको हुदा जनताका आबश्यकता र सरोकारका बिषयमा केन्द्रीत हुन् आग्रह गर्दै जनताको सुख दुखको सारथि बन्न आग्रह गर्नुभयो । गण्डकी प्रदेश सभामा एमाले संसदीय दलका नेता एवं स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टी छिट्टै प्रदेश सरकारमा जाने तयारी शुरु भएको जानकारी दिदै छिट्टै सो पुरा गरेर सम्बृद्ध प्रदेश सुखी प्रदेश बासीको सपना पुरा गर्न लागि पर्ने उल्लेख गर्नुभयो ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले प्रदेश कमिटीका गतिबिधि र कार्यक्रमको जानकारी दिदै आगामी भाबि कार्ययोजनाका बारेमा चर्चा गर्नुभएको प्रदेश कमिटी सचिब धनन्जय दवाडीले जानकारी दिनुभयो ।








प्रतिक्रिया