
काठमाडौं, १४ भदौ । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिनु भएको छ ।
आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि असन्तुष्ट रहनु भएका ज्ञवालीले पदबाट राजीनामा दिनु भएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।








प्रतिक्रिया