२५ जेष्ठ २०८३, सोमबार

कोशी सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १४ भदौ । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको हो । समर्थन फिर्ता लिएको बेहोराकोपत्र प्रदेशसभा सचिवालयमा दर्ता गरिएको माओवादी केन्द्रले जनाएको छ।

एमाले र काँग्रेसको गठबन्धनसँगै गत बैशाख २१ गते हिक्मत कार्की कोशीको मुख्यमन्त्री नियुक्त हुनुभएसँगै माओवादी सरकारबाट बाहिरिएको थियो ।