
धनुषा, १४ भदौ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोका एकजना कर्मचारीको हत्या भएको छ ।
सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको हो । आज बिहान साढे १० बजेतिर आयल निगममा विवाद हुँदा उहाँको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया