१३ असार २०८३, शनिबार

रास्वपाले बर्खास्त गर्‍यो सुदूरपश्चिमका महामन्त्री पारस बाहुनलाई

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशका महामन्त्री पारस बाहुनलाई बर्खास्त गरेको छ ।

प्रदेश सभापति प्रकाश विष्टले विज्ञप्ति जारी गर्दै बाहुनलाई बर्खास्त गरिएको जानकारी दिनु भएको हो ।

पार्टीको हित विपरित संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गरेको भन्दै उहाँलाई बर्खास्त गरिएको हो । यसअघि उहाँलार्य भदौ १० गते ७२ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उहाँलाई बर्खास्त गरिएको हो ।