१८ असार २०८३, बिहिबार

लुकाकुले गरे नापोलीमा औपचारिक सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई इटालियन क्लब नापोलीले भित्र्याएको छ ।

नापोलीले लुकाकुलाई ३० मिलियन युरोमा भित्र्याएको औपचारिक घोषणा गरेको छ । लुकाकुले नापोलीसँग तीन वर्षको सम्झौता गरेका छन् । लुकाकुले एक वर्षमा नापोलीमा करिब ८ मिलियन युरो पारिश्रमिक पाउने गरी सम्झौता गरेका छन् ।

हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए ।

चेल्सीले लुकाकुलाई आफ्नो प्राथमिकतामा नराख्ने भएपछि उनले नापोलीसँग तीन वर्षको सम्झौता गरेको बताइएको छ । गत सिजनमा रोमाका लागि लुकाकुले ४७ खेल खेल्दै २१ गोल गरेका थिए ।