४ श्रावण २०८३, सोमबार

रोनाल्डो युइएफएको विशेष अवार्डबाट सम्मानित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । युइएफएले क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्डबाट सम्मानित गरेको छ ।

युइएफए च्याम्पियन्स लिगमा अहिलेसम्मका सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले १८३ खेलमा १४० गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक गोलकर्ता रहेका छन् । रोनाल्डोले पाँच च्याम्पियन्स लिग उपाधि जितेका छन् ।

च्याम्पियन्स लिगमा रोनाल्डोपछि धेरै गोल गर्ने खेलाडी लियोनेल मेसी हुन् । मेसीले १६३ खेलमा १२९ गोल गरेका छन् । त्यस्तै, मेसीपछि रोबेर्ट लेवानडोस्कीले १२० खेलमा ९४ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् ।