
काठमाडौं, १३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
बिहीबार पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार प्रतिनिधिसधाको बैठकमा विभिन्न देशको घट्नासँग जोडेर अध्यक्ष प्रचण्डले विभिन्न आवेगपूर्ण अभिव्यक्ति राखेकोमा ध्यानाकर्षण गराएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो समयमा समाजमा केही अराजकताको प्रवृति बढेको जस्तो भएको छ । विभिन्न देशका घट्नासँग जोडेर चर्चा परिचर्चा हुँदै गरेको र संसदमा रहेका कतिपय दलहरु खासगरी सत्ताबाट बाहिरिएसँगै बढी आवेगपूर्ण टिप्पणीहरु र अभिव्यक्ति दिन थाल्नु भएकोप्रति पनि ध्यानाकर्षण भएको छ । यस्तो गैरजिम्मेवारी अभिव्यक्ति कसैले पनि दिनुहुन्न । त्यस्तो कुरामा बढवा दिनुहुँदैन् । यस विषयमा पनि बैठकले ध्यानाकर्षण गराएको छ ।’
अध्यक्ष प्रचण्डले श्रीलंका र बंगलादेशको घट्ना नेपालमा पनि दोहोरिन सक्ने अभिव्यक्ति राख्नु भएको थियो ।










प्रतिक्रिया