
बागलुङ, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) बागलुङको सिंगो जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।
एमाले गण्डकी इन्चार्ज किरण गुरुङको प्रमुख आतिथ्यतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लालबहादुर थापा, उपाध्यक्ष, सचिवसहित सिंगो कमिटी नै एमालेमा समाहित भएको हो ।
उहाँहरूलाई नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेश ईञ्चार्ज किरण गुरूङ, बागलुङ जिल्ला ईञ्चार्ज एवम् पोलिट्ब्युरो सदस्य मना केसी, पोलिट्ब्युरो सदस्य लिलाबहादुर थापा, केन्द्रीय सदस्य सूर्य पाठक, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, जिल्ला अध्यक्ष हिरा केसी लगायतले पार्टीमा स्वागत गर्नुभयो ।








प्रतिक्रिया