
काठमाडौं, १३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिषझाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले जहाज ग्राउन्डेड हुँदा दैनिक पाँच करोड बढी नोक्सानी भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘दैनिक रुपमा पाँच करोड बढी नोक्सानी व्यहोरेको छ । कतै यो चाडपर्व आइरहेको समयमा, कतै अन्र्तराष्ट्रिय अन्य कम्पनीहरुले सञ्चालितहरूलाई पैसा र नाफा दिनको लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पुर्याएको त होइन ?’
साथै जाँचका लागि भारत हुँदै इटाली पठाइएको जहाज ९० दिनसम्म किन बनेन भनेर उहाँले प्रश्न गर्नुभयो । राजनीतिक प्रलोभनका कारण दैनिक पाँच करोड घाटा भएको भन्दै चिन्ताव्यक्त गर्नुभयो ।









प्रतिक्रिया