
झापा, १३ भदौ । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईँका दाजु महेन्द्र प्रसाईँ मृत फेला पर्नुभएको छ ।
अर्जुनधारा नगरपालिका ६ महानन्द चौक निवासी प्रसादले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा उहाँ झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । उहाँले आत्महत्या गर्नुभएको प्रहरीले जानकारी दिएको छ । मैनाली काठमाडौमा बस्दै आउनु भएको छ । उहाँको खाली घरको दोस्रो तलामा गएर प्रसाईँ झुन्डिएको प्रहरीले बताएको छ ।
उहाँ लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहनु भएको थियो । उहाँ, दुर्गा प्रसाईँ र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो ।
नेम्वाङ र मृतक प्रसाईँ केही समय पहिला नै हस्पिटलबाट बाहिरिनु भएको थियो । मृतक प्रसाईँले दुर्गा प्रसाईँभन्दा अगाडि भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्नुभएको थियो ।









प्रतिक्रिया