२५ जेष्ठ २०८३, सोमबार

आज पनि सभापति र महामन्त्रीद्वयबीचको छलफलमा जुटेन सहमति

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको छलफल आज पनि निष्कर्षविहीन भएको छ ।

महामन्त्रीद्वयले केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदन सभापति देउवा संशोधन गर्ने तयारीमा हुनुहुन्छ । तर महामन्त्रीद्वय सहमत नहुँदा देउवालाई अप्ठ्यारो परेको हो ।

सभापति र महामन्त्रीद्वयबीच सहमति नहुँदा केन्द्रीय समिति बैठक नै १६ गतेसम्मका लागि स्थगित गरिएको छ । महामन्त्री विश्वप्रकाश शर्माको एक्जिट पोलिसि र महामन्त्री गगन थापाको चुनाव अघि गठबन्धन गर्न नहुने र कांग्रेसलाई रूखमा भोट हाल्ने निर्णय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यही विषयमा सभापति र महामन्त्रीद्वयबीच मतभेद देखिएको हो ।