
काठमाडौं, १३ भदौ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर बढ्दा युरो र बेलायती पाउण्ड घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९२ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।










प्रतिक्रिया