
काठमाडौं, १२ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रुपमा अधिकार स्थापित भएर मात्र नपुग्ने बताउदै अधिकार ब्यवहारमै लागू गर्न जरुरी रहेको बताउनु भएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजद्धारा नेकपा (एमाले) लाई सुझावपत्र बुझाउने कार्यक्रमलाई संवोधन गर्दै उहाँले अझै पनि समाजमा बिभेदका घटना बेहर्नु पर्ने अवस्था रहेकाले त्यसलाई पूर्ण रुपमा अन्त्य गर्न लाग्नु पर्ने बताउनुभएको हो । सामाजिक सुधारसंग राजनीतिक उदेश्य जोड्नु पर्ने धारणा ब्यक्त गर्दै उहाँले समतामुलक समाज निर्माणका लागि अझै सकृयता बढाउन जरुरी रहेको बताउनुभयो ।
जातीय बिभेदविरुद्धको आन्दोलनमा अनेक आयाम रहेको चर्चा गर्दै महासचिव पोखरेलले संगठानात्मक सामथ्र्य बढाउँदै समुदायलाई राजनीतिक रुपमा संगठित गर्नु मुक्ती समाजको दायित्व रहेको उल्लेख गर्नुभयो । उहाँले समावेशीलाई सुनिश्चित गर्न र अझ सशक्तिकरण गर्नका लागि संविधान संशोधनको आवश्यकता औंल्याउनुभयो ।
महासचिव पोखरेलले दलित समुदायबाट प्रत्यक्ष निर्वाचन जित्ने अवस्था बनाउनकालागि पनि संविधान र कानुन संशोधन जरुरी रहेको धारणा राख्नुभयो । दलीत सहभागिता र प्रतिनिधित्वका दृष्टिले एमाले सबैभन्दा अगाडि रहेको बताउँदै उहाँले एमालेबाट मात्र समतामुलक समाज निर्माण सम्भव भएको स्पष्ट पार्नुभयो । एमाले पोलिटब्यूरो सदस्य तथा मुक्ती समाजका ईञ्चार्ज जितु गौतमले जातीय बिभेदको अन्त्य र समतामुलक समृद्ध राष्ट्र निर्माणका लागि सबै जुट्नु पर्ने बताउनुभयो ।
सो अवसरमा मुक्ती समाजका अध्यक्ष मनोहर बिश्वकर्मा पौडेलले महासचिव पोखरेललाई सुझावपत्र हस्तान्तरण गर्नुभएको थियो । समाजले बुझाएको पत्रमा चालु बजेट, संविधान तथा कानुन कार्यन्वयन, कानुन निर्माण र संविधान संशोधन सम्वन्धमा२३ बूँदे सुझाव समेटिएका छन् । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल,पोलिटब्यूरो सदस्य एवं खानेपानी तथा सरसफाई विभागका प्रमुख जगत बिश्वकर्मा, मुक्ति समाजका सचिव सोम भुर्तेल लगायतको उपस्थिती रहेको थियो ।









प्रतिक्रिया