२३ जेष्ठ २०८३, शनिबार

एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष, सचिव लगायत दर्जनौँ नेताकार्यकर्ता एमालेमा प्रवेश

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेताहरू नेकपा एमालेका प्रवेश गर्नुभएको छ ।

एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेलगायतका नेता(कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

एमालेमा प्रवेश गर्नुहुनेहरूमा थापा र न्यौपानेसँगै काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन,सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटा हुनुहुन्छ ।

यसैगरी, बूढानीलकण्ठ नगर कमिटी उपाध्यक्ष विष्णु भट्टराई, सचिव विमल लामा, युवा संघ केन्द्रीय सदस्य रामशरण सापकोटा, जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बूढानीलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ, भानु रिजाल, केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने, दीपेश थापा, कृष्णहरी खड्का, कीर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा, महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापा, काठमाडौं क्षेत्र नम्बर ९ का संयोजक तोरण थापा, चन्द्रागिरी नगर अध्यक्ष प्रदीप रिजाल, काठमाडौं क्षेत्र नम्बर १० (ख) को प्रदेश संयोजक तथा जिक सदस्य राजाराम कार्की पनि एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँहरूलाई एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, जिल्ला अध्यक्ष दीपक निरौला लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।