२७ जेष्ठ २०८३, बुधबार

योगेश भट्टराईले ‘हिंसा’ भनेपछि एमाले र माओवादीबीच चर्काचर्की

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चर्काचर्की परेको छ । एमाले सांसद योगेश भट्टराईले जनयुद्वलाई हिंसा भनेपछि संसदमा चर्काचर्की परेको हो ।

भट्टराईले प्राधिकरणले उठाउन बाँकी रहेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे भनाइ राख्ने क्रममा सांसद भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गर्नुभएको थियो । उहाँले देशमा माओवादी हिंंसा नभएको भए विद्युतमा क्रान्ति हुने बताउनुभएको थियो ।

‘यदी यो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युत्मा यो भन्दा ठूलो क्रान्ति हुन्थ्यो,,’ योगेशले भन्नुभयो, ‘किनभने, माओवादीले कतिवटा ट्रान्समिसन लाइन र सवस्टेशनहरू पड्कायो। विद्युत् उत्पादन गर्न खोलामा गएका कति व्यवसायीलाई चन्दा उठाएर भगायो ’अध्ययनले के भन्छ भने, यदी माओवादीको १० वर्षको त्यो हिंसा नभएको भए ७५ सालमा होइन, ६५ सालमा यो देशमा लोडसेडिङ मुक्त हुने थियो,’ ।

सांसद भट्टराईले राखेको उक्त भनाइप्रति नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘बोल्दै गर्नुभएको माननीयले गैरसंसदीय र अमर्यादित शब्द बोल्नुभएको छ। त्यसकारण नियमापत्ति गर्छु, माइक पाउँ,’ । त्यसपछि सभामुखले ध्यानाकर्षण भएको बताउँदै आसन ग्रहण गर्न भन्दै सांसद सापकोटालाई माइक दिनुभएन । त्यसपछि सांसद सापकोटाले भन्नुभयो, ‘उहाँले हिंसा भन्ने शब्द प्रयोग गर्नुभएको छ।’

सापकोटाले हिंसा भन्ने शब्द प्रयोग भएकोमा आपत्ति जनाएपछि भट्टराईले फेरि भन्नुभयो, ‘हिंसै हो नि सभामुख महोदय१ हिंसै हो नि।’त्यसपछि सभामुख देवराज घिमिरेले निर्धारित कार्यक्रममा जान आग्रह गर्नुभयो। तर, योगेश यतिमै रोकिनु भएन । उहाँले फेरि भन्नुभयो, ‘माननीयज्यूले हिंसा मान्नुहुन्नँ, तर त्यो हिंसै हो। हिंसा हो, हिंसा हो, हिंसै हो।’ उता, प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरूले ‘मान्दैनौँ’ भन्दै आपत्ति जनाउनुभयो ।

त्यसपछि सभामुख घिमिरेले माओवादीका अर्का सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिनु भएको थियो । सांसद पौडेलले भन्नुभयो, ‘विभिन्न प्रकारका आन्दोलनको समीक्षा गरेका छौँ। कुनैपनि त्यस प्रकारको आनदोलनलाई हिंसा भनिएको छैन। तपाईंले यस प्रकारका शब्द प्रयोग गरेर नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक धरातलीय अधिकार संविधानले दिँदैन। योगेश भट्टराईले प्रयोग गर्नुभएको शब्द हटाउन आग्रह गर्छु,’ ।