१२ असार २०८३, शुक्रबार

खेलाडीको तलब ३० हजार, एन्फा महासचिवको २ लाख ७० हजार !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ ।

खेलाडीको तलब १८ हजारबाट बढाएर ३० हजार गरेको एन्फाले महासचिवको तलब भने एक लाख २० हजारबाट बढाएर करिब २ लाख ७० हजार पुर्‍याएपछि आलोचना भएको हो ।

अध्यक्ष पंकज नेम्वाङले पेश गरेको प्रस्ताव नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महासचिवको तलब दुई हजार अमेरिकी डलर पुर्‍याउने उल्लेख गर्नु भएको थियो । बैठकमा असन्तुष्टि भएपनि यो प्रस्ताव बहुमतले पारित गरेको छ ।

बैठकले नेपाली राष्ट्रिय फुटबल टीमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।