
काठमाडौं, १२ भदौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया