४ असार २०८३, बिहिबार

दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा वेस्ट इन्डिजको क्लीन स्वीप

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ ।

गएराति सम्पन्न सिरिजको तेस्रो खेल वेस्ट इन्डिजले डिएल मेथडअनुसार ८ विकेटले जितेको थियो ।

वर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले पाएको ११६ रनको लक्ष्य ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै १३ ओभरमा ४ विकेट गुमाउँदै १०८ रन बनाएको थियो ।

वेस्ट इन्डिजले यसअघि पहिलो खेल ७ विकेटले र दोस्रो खेल ३० रनले जितेको थियो । योजितसँगै वेस्ट इन्डिजले टी-२० सिरिज ३-० ले जितेको छ । यस सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका वेस्ट इन्डिजका शाइ होप प्लेयर अफ द सिरिज बनेका थिए ।