२७ जेष्ठ २०८३, बुधबार

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुपअन्तर्गतको प्रिमियम लक्जरी इभि ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिसँग औपचारिक सम्झौता हस्ताक्षर गरेको छ । यो हस्ताक्षर समारोह चीनको हाङजोउमा ५ भदौमा सम्पन्न भएको हो ।

हस्ताक्षर समारोहमा निर्माता पक्षबाट जिकर युरोएसियाका महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रीय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रीय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित हुनुहुन्थ्यो । नेपालबाट पायोनियर मोटोकर्प प्रालिको प्रतिनिधित्व गर्दै प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा र निर्देशक गौरव शारडा उपस्थित हुनुहुन्थ्यो ।

सम्झौता समारोहको सुरुवातमा पायोनियर मोटोकर्प र जिकर दुवै कम्पनीहरूको प्रतिनिधिद्वारा आपसी सम्मान र साझा दृष्टिकोणलाई उजागर गर्ने स्वागत मन्तव्य राखिएका थिए । साथै, दुई कम्पनीबीच आपसी सहकार्यद्वारा विद्युतीय प्रविधि तथा गाडीको प्रवर्द्धन गर्ने प्रतिबद्धतासहित नेपालमा वितरणका लागि सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको थियो ।

अटोमोटिभ तथा मोबिलिटि क्षेत्रमा एक नयाँ अध्याय र एक महत्वपूर्ण अलायन्स सुरुवातको उत्सवस्वरूप ‘स्याम्पेन टोस्ट’ सहित समारोहको अन्त्य गरिएको थियो । यस वितरण सम्झौता नेपाली अटोमोबाइल क्षेत्रमा एक महत्वपूर्ण र उल्लेखनीय कदम रहेको छ । यस सहकार्यसँगै नेपाली इभि पारखी तथा ग्राहकहरूले नेपाल लक्षित उत्कृष्ट मूल्य र गुणस्तरीय सेवासहित अत्याधुनिक गाडी खरिद गर्न र अनुभव लिन सक्नेछन् ।

पायोनियर मोटोकर्पले यही नाडा अटो शो २०२४ मा प्रिमियम अर्वान लक्जरी एसयुभि जिकर एक्स सार्वजनिक गर्नेछ । नयाँ जिकर एक्स, परिष्कृत सहरी जीवनशैलीको लागि डिजाइन गरिएको एक कम्प्याक्ट लक्जरी एसयुभि हो । जिकर एक्स, नयाँ ठाउँ, नयाँ भूभाग तथा नयाँ वातावरण अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि उत्तम एसयुभि भएको कम्पनीले जनाएको छ ।