१५ असार २०८३, सोमबार

घोरेपानी जाने क्रममा बेपत्ता भएका एकजना स्पेनी नागरिकको शव फेला, एकजना अझै बेपत्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । म्याग्दीको घोरेपानी जाने क्रममा वेपत्ता भएका दुईजना स्पनी नागरिकमध्ये एकजनाको शव फेला परेको छ ।

उहाँहरू कास्कीको वीरेठाँटी हुँदै घोरेपानी जाँदै गर्दा बेपत्ता हुनुभएको थियो । पुरुष इरिक कासानोभासको शव फेला परेको हो भने महिला मोलास जुन्का मेसी अझै बेपत्ता हुनुहुन्छ ।

उहाँहरूले भदौ ९ गते अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाउनु भएको थियो । त्यसयता उहाँहरू बेपत्ता हुनुहुन्थ्यो । अन्नपूर्ण गाउँपालिका वडा नम्बर-९ को तिखेढुंगास्थित मौजा खोलानजिकै रुकस्याक झोला, मोबाइल, टोपी टिसर्ट लगायतका कपडा तथा ट्रेकिङ सामाग्री बटुवाले देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए ।

उनीहरूलाई पौडी खेल्ने क्रममा खोलाले बगाएको हुन सक्ने अनुमान गरिएको छ ।