
काठमाडौं, ११ भदौ । नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा रामकुमारी झाक्रीले उम्मेदवारी दिनु भएको छ । यसअघि पार्टीको सचिव रहनु भएकी झाक्रीले यसपटक उपाध्यक्षमा उम्मेदवारी दिनु भएको हो ।
केही समयअघि सम्पन्न पार्टीको दशौ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवबाहेक पदाधिकारी टुंगो लगाउन सकेको थिएन । सहमतिमै पदाधिकारी समेत चयन गर्ने गरी योजना बनेको भएपनि सहमती हुन नसकेपछि निर्वाचनबाट टुंगो लगाइने भएको हो ।
अब पार्टीका केन्द्रीय कमिटी सदस्यहरुले मतदानमार्फत नेतृत्व चयन गर्नेछन् । पार्टीको वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्बिरोध निर्वाचित भइसक्नु भएको छ ।








प्रतिक्रिया