
काठमाडौं, ११ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज अमेरिकी डलरको विदेशी विनिमय दर बढ्दा कतारी रियालको खरिददर स्थिर छ भने बिक्रीदर बढेको छ । आज युरो र अमेरिकी डलरको विनिमय दर भने घटेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ६० पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।










प्रतिक्रिया