३० जेष्ठ २०८३, शनिबार

टुँडिखेलमा आयोजित कार्यक्रममा नेताहरूविरूद्व ‘मुर्दावाद’ को नारा, रिसाए देउवा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । काठमाडौंको टुंडिखेलमा आयोजित कार्यक्रममा नेताहरूविरूद्व नारावाजी भएको छ ।

गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नेताहरूविरूद्व नारावाजी भएको हो । कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत उपस्थित हुनुहुन्थ्यो ।

मुर्दावादको नारा लागेपछि कार्यक्रममा सहभागी काँग्रेस सभापति शेरबहादुर देउवा रिसाउनु भएको छ । उहाँले युवाहरूलाई बदमासहरू भन्दै गाली गरेका हुन् ।

देउवाले कार्यक्रमलाई सम्बोधन गर्न थालेपछि झनै नारावाजी भएको थियो । नारावाजीपछि देउवाले भन्नुभयो, ‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला छु म। जति गरेपनि गर्नुस्। जति कराए पनि कराउनुस्। जति कराउनुपर्ने छ कराउउनुस् । ‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू ! अर्काको कार्यक्रम बिथोल्नेरु लाज छैन ? यही हो तपाईंहरूको संस्कृति ? यही हो तपाईंहरूको चलन ? यही कुरा सिकेर आएको हो ? बदमासहरू !,’।