
तनहुँ, १० भदौ । गत भदौ ७ गते मर्स्याङदी नदीमा खसेको भारतीय बस निकाल्ने प्रयास भइरहेको छ ।
मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर बस निकाल्ने प्रयास भइरहेको हो । बस निकाल्न दुईवटा क्रेनको प्रयोग गरिएको छ ।
भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो ।












प्रतिक्रिया