२४ जेष्ठ २०८३, आइतबार

‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ एनआईसी एशिया बैंकलाई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । दोस्रो आईसीसी इमजर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गतको ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ एनआईसी एशिया बैंकले प्राप्त गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त पुरस्कारले डिजिटल बैंकिङ अझ बढी उत्पे्ररणा प्रदान बैंकले जनाएको छ ।

इण्डियन चेम्बर अफ कमर्सको अगस्त २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा बैंकलाई अवार्ड प्रदान गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले जानकारी दिनुभयो ।

यस अवार्डमा विमस्टेकअन्तर्गतका राष्ट्रहरू नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमारलगायतका देशहरुका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए ।  यी देशका बैंकहरूले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डमा उत्कृष्ट बैंक छनोट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्सअन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरू निर्धारण गरेको थियो ।