
ललितपुर, ९ भदौ । फोनपेले आइसक्रीम ब्राण्ड बास्किन–रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान ‘फोनट्याग स्कुप एण्ड सेभ’को घोषणा गरेको छ । फोनट्याग स्कुप एण्ड सेभ अभियान आजदेखि सुरू भएको छ जसले कन्ट्याकलेस पेमेन्टका फाइदाहरूलाई एक आकर्षक अफरमार्फत प्रकाशमा ल्याउन लक्ष्य राखेको छ ।
फोनट्यागमार्फत भुक्तानी गर्ने ग्राहकहरूले नेपालभरीका १८ बास्किन–रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत रु २०० सम्मको लाभ लिन सक्नेछन् । यो सीमित समयको प्रस्ताव प्राप्त गर्नका लागि ग्राहकहरूले फोनपे एप वा फोनट्याग सक्षम मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ । यस एकीकृत सेवाले सजिलै र झन्झटविहीन लेनदेन प्रक्रिया सुनिश्चित गर्दछ, जसले इन्टरनेटको उपलब्धतासँग सम्बन्धित समस्याहरूलाई हटाउँछ र भुक्तानीलाई छिटो र सजिलो बनाउँछ ।
यो प्रस्ताव नेपालभरीका १८ बास्किन–रोबिन्स आउटलेटहरूमा उपलब्ध हुनेछ । बुढानिलकण्ठ, सामाखुसी, महाराजगञ्ज, उत्तर्दोका, थमेल, दरबारमार्ग, आइप्लेक्स मल(मिड-बानेश्वर), बत्तिसपुतली, पाटन दरबार स्क्वायर, लाबिम मल (पुल्चोक), झम्सिखेल, लेकसाइड (पोखरा), महेन्द्रपूल (पोखरा), बुटवल, वीरगञ्ज, विराटनगर, हेटौंडा र भाइसेपाटीमा अफर समावेश छन् ।








प्रतिक्रिया