२४ असार २०८३, बुधबार

नेप्सेमा पहिरो, ७९.८८ अंकको गिरावट

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेप्सेमा आज ठूलो गिरावट आएको छ । आइतबार नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेको छ ।

आइतबार ३३३ कम्पनिको कूल ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक कारोबार हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० मूल्यमा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज वीन नेपाल लघुवित्त, उपकर लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज मन्दाकिनी हाइड्रोको सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज कारोबारको हिसाबले सबैभन्दा बढी अपि हाइड्रोको ८४ करोड ६८ लाख १७ हजार ३४७ को रकम बराबरीको खरिद बिक्री भएको छ भने आज अपिकै सबै भन्दा बढी २२ लाख ७८ हजार ७८७ कित्ता शेयर कारोबार भएको छ ।