२७ जेष्ठ २०८३, बुधबार

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाला सुन एक हजार रूपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ५१ हजार ४ सय रूपैयाँ कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ५२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँले बढेर १ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।