२५ जेष्ठ २०८३, सोमबार

स्वरेजको २ गोलमा इन्टर मियामी विजयी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । अमेरिकन लिग सकरअन्तर्गत इन्टर मियामीले सिनसिनाटीलाई पराजित गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिनसिनाटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लुइस स्वरेजले दुवै गोल गरेका थिए । स्वरेजले खेलको पहिलो र छैटौं मिनेटमा गोल गरेका थिए । यस खेलमा इन्टर मियामीले टोमस एविल्सले खेलको ४२औं मिनेटमा रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि इन्टर मियामीको २६ खेलमा ५६ अंक भएको छ र एमएलएसको इस्टर्न कन्फेरेन्सको शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै, सिनसिनाटीको २६ खेलमा ४८ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।