
काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्रीदर १३४.५३ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १४८.८३ रुपैयाँ रहेको छ भने बिक्रीदर १४९.५० रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७५.७६ रुपैयाँ रहेको छ भने बिक्रीदर १७६.५५ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९०.१४ रुपैयाँ रहेको छ भने बिक्रीदर ९०.५५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिददर ३५.६९ रुपैयाँ रहेको छ भने बिक्रीदर ३५.८५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिददर ३०.६१ रुपैयाँ रहेको छ भने बिक्रीदर ३०.७५ रुपैयाँ रहेको छ ।
















प्रतिक्रिया