२५ असार २०८३, बिहिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेपाल राष्ट्र बैंकले आज शनिबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहीबार र शुक्रबार लगातार बढेको अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमय दर शनिबार भने घटेको छ ।

शनिबार बेलायती पाउण्ड स्थिर रहँदा अमेरिकी डलर, यूरो र कतारी रियालको विदेशी विनिमय दर घटेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।