१९ असार २०८३, शुक्रबार

नेशनल लाईफ इन्स्योरेन्सको ३६ औँ वार्षिक साधारण सभा सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औँ साधारण सभा कम्पनीका अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आज सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष सिंहले समिक्षा वर्ष २०७९/०८० मा राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिदृष्यहरु धेरै उत्साहप्रद नरहेको तथा अहिले विश्व अर्थतन्त्र सुधारउन्मुख भए तापनि उक्त चुनौतपूर्ण रही यसको लागि लामो समय लाग्ने देखिएको बताउनुभयो ।

अध्यक्ष सिंहले यो पृष्ठभूमिमा बढ्दो ब्याज दरका कारणले लगानीमा प्रतिकूल प्रभाव पारी पूँजीगत खर्च एवं समग्र मागमा आएको कमिले स्वदेशी अर्थ व्यवस्थामा प्रतिकूल प्रभाव परेको स्थितिमा आर्थिक वर्ष २०७९/०८० मा जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएता पनि आव २०८०/०८१ मा जीवन बीमा व्यवसायले सुधारको बाटो तय गरेको उल्लेख गर्नुभयो । कम्पनीले आव २०७९/०८० मा कम्पनीका सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको जनाएको छ । कम्पनीको कूल बीमा शुल्क १६.६६ प्रतिशतले वृद्धि भई १,६८०.९० करोड रुपैयाँ पुगेको छ । समिक्षा वर्षको सञ्चालनवाट जम्मा ९३१.८३ करोड रुपैयाँ खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले वृद्धि भई वर्षान्तमा ६,५४०.४० करोड रुपैयाँ पुगेको छ । कूल लगानी १५.७२ प्रतिशतले वृद्धि भई ४,९७८.२० करोड रुपैयाँ पुगेको छ ।

योसंगै कम्पनीले लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत रहेको जनाउँदै कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक रहेको तथा आव. २०७९/०८० मा उक्त दर ९.४५ प्रतिशत कायम रहेको जनाएको छ ।कम्पनीका सबै लगानीहरु नेपाल बीमा प्राधिकरणले जारी गरेका लगानी निर्देशिका अनुसार रहेको तथा ती सबै सुरक्षा र प्रतिफलको हिसाबले राम्रा भएको पनि कम्पनीले जनाएको छ । सोही लगानी निर्देशिका अन्तर्गत रहेर कम्पनी आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्ब नगरेको छ । यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्जस्थित भवन निर्माण कार्य सम्पन्न हुने स्थितिमा रहेको तथा यथाशिघ्र उक्त भवन सञ्चालनमा ल्याउन प्रयास भै रहेको जनाएको छ ।

कम्पनीले मर्चेन्ट बैंकिंग क्षेत्रमा नेशनल क्यापिटल लिमिटेड नामक एक सहायक कम्पनीको स्थापना गरी सञ्चालनको प्रकृया अघि बढाएको छ भने आव २०८१/०८२ मा सहायक कम्पनी कै रुपमा एउटा लगानी कम्पनी खोल्न प्रयासरत रहनेसमेत उल्लेख गरेको छ । यसबाट लगानी विविधीकरणमा सहयोग पुग्ने र यसले कम्पनीको प्रवर्धनमा टेवा पुर्याउने कम्पनीको विश्वास छ ।

कम्पनीले ग्राहक केन्द्रित भई सूचना प्रविधि क्षेत्रमा पर्याप्त लगानी गर्दै व्यवसाय सञ्चालनको क्रममा डिजिटल प्रणालीको उच्चतम् प्रयोग गर्दै आएको छ । कम्पनीले आफ्नो अभिकर्ता सञ्जाललाई थप व्यवसायीकरण गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ । यसै गरी कम्पनीको आ.व. २०७९/०८० को बीमाङ्कन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त भविष्य बोनस प्रावधान राखेर बीमितहरुलाई दिइ आएको वोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ ।

कम्पनीले व्यवसायिक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतले ९७,३३,१५० रुपैयाँ बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ ।

३६ औं वार्षिक साधारण सभाले आव २०७९र०८० को लागि अद्यावधिक चुक्ता पूँजी ५,०१,१६,६६,४२५ रुपैयाँमा १० प्रतिशतका दरले नगद लाभांश ५०,११,६६,६४२.५० रुपैयाँ र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश २०,०४,६६,६५७ रुपैयाँका साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि ३,६९,२८,०६८.३९ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी पाँच अर्ब पुर्याउनु पर्ने वाध्यात्मक व्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी ५,०१,१६,६६,४२५ रुपैयाँमा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी ५,२१,२१,३३,०८२ रुपैयाँ पुगेको छ ।

सभामा अध्यक्ष सिंहले आगामी दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमिका निर्वाह गरिरहने विश्वास व्यक्त गर्नुभयो ।