
तनहुँ, ७ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर-२ ऐनापहाराबाट मर्स्याङ्दी नदीमा भारतीय पर्यटक सवार बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान नदीमा खसेको हो । बसमा सवार ४३ जनामध्ये २७ जनाको मृत्यु भएको हो भने १६ जनाको उद्वार गरिएको छ ।
उद्वार गरिएका १६ जना घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।








प्रतिक्रिया