११ असार २०८३, बिहिबार

संसदीय समितिले लियो रवि लामिछानेको बयान (तस्वीरहरूसहित)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे संसदीय छानबिन विशेष समितिमा पुगेर बयान दिनु भएको छ ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले आज सोधपुछका लागि बोलाएको थियो ।

समितिका सभापति सूर्य थापाले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूमध्ये गोरखा मिडिया नेटवर्कका पूर्वसंचालक एवं प्रबन्ध निर्देशक हाल सांसद सदस्य रवि लामिछानेलाई समितिको बैठकमा बोलाएर सोधपुछ गरिएको जानकारी दिनुभयो ।

समितिले गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि आजै सोधपुछ गरेको छ ।

सहकारीमा भएको समस्याको विषयलाई लिएर संसदले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो । समितिले पाएको तीन महिनाको समयअवधि यहि भदौ २३ गते सकिँदैछ ।