
काठमाडौं, ७ भदौ । सोलुखुम्बुको थामेमा गएको बाढीबाट प्रभावितलाई काठमाडौं महानगरपालिकाले सहयोग पठाउने भएको छ ।
महानगरपालिकाका प्रमुख एवं महानगर विपद् व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह ९बालेन० को अध्यक्षतामा बसेको बैठकले प्रभावित खुम्बु पासाङ् ल्हामु गाउँपालिकालाई २० लाख सहयोग गर्ने निर्णय गरेको हो ।
गत साउन ३२ गते हिमताल फुटेर आएको बाढीले विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रुपमा क्षति पु¥याइएको छ ।








प्रतिक्रिया